पालिका अध्यक्ष यादवलाई एमालेका केन्द्रिय सदस्य गुप्ताको बधाई

संखुवाप्रसौनी गाँउपालिकाका अध्यक्ष जसवन्त यादवलाई नेकपा एमालेका केन्द्रिय सदस्य राजकुमार गुप्ताले बधाई ज्ञापन गर्नु भएको छ ।

सम्वादाता | २०७९ जेठ २५ गते १८: ५८ मा प्रकाशित

वीरगञ्ज - पर्साको संखुवाप्रसौनी गाँउपालिकाका अध्यक्ष जसवन्त यादवलाई नेकपा एमालेका केन्द्रिय सदस्य राजकुमार गुप्ताले बधाई ज्ञापन गर्नु भएको छ ।

बुधबार गुप्ता निवास श्रीपुरमा अध्यक्ष यादवलाई केन्द्रिय सदस्य गुप्ताले खादा लगाएर बधाई ज्ञापन गरेका हुन ।

बधाई ज्ञापन गर्दै केन्द्रिय सदस्य गुप्ताले गाँउपालिका अध्यक्षलाई जनहितमा काम गर्न र सफल कार्यकाल बनाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्