वीरगञ्जमा दुई दिन बृहत शैक्षिक मेला हुने

कृष्ण फाउण्डेशनको आयोजनामा यही जेठ २७ र २८ गते वीरगञ्जको लर्डस दियालोमा २ दिने शैक्षिक मेला हुने भएको छ ।

सम्वादाता | २०७९ जेठ २५ गते १७: ४६ मा प्रकाशित

वीरगञ्ज - वीरगञ्जमा यही जेठ २७ र २८ गते बृहत शैक्षिक मेला हुने भएको छ । कृष्ण फाउण्डेशनको आयोजनामा यही जेठ २७ र २८ गते वीरगञ्जको लर्डस दियालोमा २ दिने शैक्षिक मेला हुन लागेको हो । आज पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले भारतमा उच्च शिक्षा लिने चाहाने विद्यार्थीहरूलाई मध्यनजर गर्दै शैक्षिक मेलाको आयोजना गर्न लागिएको जनाएको छ ।

भारत सरकारद्वारा मान्यता प्राप्त कलेजहरुमा २५ प्रतिशतदेखि शतप्रतिशत छात्रवृतिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुलाई मध्यनजर गर्दै शैक्षिक मेला हुन लागेको कृष्ण फाउण्डेशनका निर्देशक सुजित कुमार कर्णले जानकारी दिनुभयो ।

दुई दिनसम्म चल्ने मेलामा भारतका विभिन्न किसिमका ख्याति प्राप्त विश्वविद्यालय, एवम् कलेजहरुका शिक्षकहरुले नै विद्यार्थीलाई निःशूल्क रुपमा परामर्श दिने निर्देशक कर्णले बताउनुभयो ।

दुई दिनसम्म चल्ने मेलामा करिब ५ हजार विद्यार्थीहरुले परामर्श लिने उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , जैन युनिभरसिटिका प्रतिनिधि आरके शर्मा लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्