पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा पर्साका २ जना घाइते

टेकुको कनक पेट्रोल पम्पमा ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा ग्यास बिस्फोट हुँदा पर्सा जगन्नाथपुर- ३ का ३० वर्षका किशोरी साह र १८ वर्यषका दिपककुमार साह घाइते भएका छन् ।

सम्वादाता | २०७९ जेठ २२ गते १९: ३९ मा प्रकाशित

काठमाडौं - काठमाडौंको टेकुस्थित कनक पेट्रोल पम्पमा ट्याङ्की वेल्डिङ गर्ने क्रममा ग्यास विस्फोट हुँदा २ जना घाइते भएका छन् ।काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा ग्यास बिस्फोट हुँदा पर्सा जगन्नाथपुर( ३ का ३० वर्षका किशोरी साह र १८ वर्यषका दिपककुमार साह घाइते भएका हुन् ।

किशोरीको दुबै खुट्टा, हात र अनुहारको केही भाग जलेको छ भने दिपकको बाँया गालामा पोलेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्