नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्रीको नाम टुंगो लगायो

भोली शपथ हुने बताइएको छ ।

सम्वादाता | २०७९ जेठ २२ गते १६: ५० मा प्रकाशित

काठमाडौं–नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाउँदै नयाँ मन्त्रीको नाम टंगो लगाएको छ ।
आइतबार बसेको सचिवालय समितिले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्दै नयाँ मन्त्रीको नामसमेत टुंगो लगाएको हो ।
सचिवालय समितिको निर्णयअनुसार एकीकृत समाजवादीले जीवनराम श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणी चौधरीलाई शहरी विकासमन्त्री, शेरबहादुर कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी गराउने भएको छ । भवानी यसअधि स्वास्थ्य राज्यमन्त्री थिए । यसपटक उनी फूल मन्त्री हुने भएका छन् । बाँकी सबै नयाँ हुन् ।

हाल, एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी छन् ।
सचिवालय समितिले नयाँ मन्त्रीको नाम टुंगो लगाएसँगै एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीको नाम बुझाएको छ । भोली शपथ हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्