विदाका दिन चलाएका सरकारी गाडी नियन्त्रणमा

जनकपुरधाममा सार्वजनिक विदाका दिन चलाइएका सरकारी सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।

सम्वादाता | २०७९ जेठ २२ गते १४: ३९ मा प्रकाशित

जनकपुरधाम - जनकपुरधाममा सार्वजनिक विदाका दिन चलाइएका सरकारी सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।

पेट्रोलियम पदार्थको खपत न्यूनीकरण गर्ने उद्देश्यले सरकारले हाल शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिएको छ । तर कार्यालय विदा हुँदाको दिन पनि सरकारी सवारी साधन चलाएको पाइएपछि त्यसलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरीले थन्क्याउन थालेको छ ।

शनिबार र आइतबार गरी १४ वटा सरकारी सवारी साधन नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिइएका सवारी साधन कार्यालय खुल्ने दिन मात्रै दिइने बताए ।

प्रतिक्रिया दिनुहोस्