ठोरीको दुईवटा विद्यालयमा चोरी

ठोरी– ४ विजयवस्ती माध्यमिक विद्यालय र ठोरी– ५ सुखवाटी प्राथमिक विद्यालयको कार्यालयमा तोडफोड गरि चोरी भएको हो ।

सम्वादाता | २०७९ जेठ २२ गते ०९: १३ मा प्रकाशित

पर्सा– पर्साको ठोरी गाउँपालिकाको दुईवटा विद्यालयमा गए राति चोरी भएको छ । ठोरी– ४ विजयवस्ती माध्यमिक विद्यालय र ठोरी– ५ सुखवाटी प्राथमिक विद्यालयको कार्यालयमा तोडफोड गरि चोरी भएको हो । सुखवाटी प्राविमा रडले ताल्चा फोडेर डेल कम्पनीको एउटा ल्यापटप, प्रोजेक्टर, पानी तान्ने मोटर लगायतका सामाग्री चोरी भएको विद्यालयका प्रधानाध्यापक अमृत श्रेष्ठले जानकारी दिएका छन् ।

प्रहरी स्रोतका अनुसार चोरको पहिचान भइसकेको छ । यसैगरि विजयवस्ती माविका प्रद्यानाध्यापक नारायण लामाका अनुसार उक्त विद्यालयमा ५ वटा कोठाको ताल्चा फोडिएको छ । कार्यालय कोठा, पुस्तकालय, होस्टेल कोठा र कम्प्युटर कोठाको ताल्चा फोडेर भित्र रहेका सामानहरु लथालिङ पारिएको छ । के के सामाग्री चोरी भएको छ भन्ने यकिन भएको छैन् । इलाका प्रहरी कार्यालय ठोरीले चोरीको घटना बारे अनुसन्धान थालेको छ । 

प्रतिक्रिया दिनुहोस्