माओवादीका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण

 नेकपा माओवादी केन्द्रका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई बुधबारदेखि राजधानीमा प्रशिक्षण सुरु भएको छ ।

सम्वादाता | २०७९ जेठ १८ गते १३: ३७ मा प्रकाशित

काठमाडौं - नेकपा माओवादी केन्द्रले स्थानीय तहका प्रमुख र उपप्रमुखलाइ बुधबारदेखि राजधानीमा प्रशिक्षण सुरु भएको छ । माओवादीले स्थानीय तहका १२१ प्रमुख र १२८ उपप्रमुख सहित पार्टी प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्षलाई समेत सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिन लागेको हो ।

माओवादीले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई काठमाडौँ कुमारी हलमा राखेर दुई राखेर सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिन थालेको पार्टी कार्यालय प्रमुख श्रीराम ढकालले बताए । बुधबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्घाटन सहित प्रशिक्षण दिएपछि बिहीबार वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले समापन गर्ने कार्यक्रम रहेको छ ।


प्रशिक्षकको रुपमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, उर्मिला अर्याल, देव गुरुङ, मुक्ति प्रधान लगायत नेताहरु छन् । विषय विज्ञको रुपमा लीलामणि पौडेल, मीनबहादुर श्रेष्ठ, डा रामकुमार फुयाल, शैलेन्द्र गिरी लगायत व्यक्तिलाई बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्