वीरगञ्ज – पर्साको कालिकामाई गाउँपालिकाको कार्यपालिका सदस्य चुन्न भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का ५ जना र नेपाली काँग्रेसका १ जना विजयी भएका छन् ।
कार्यपालिकाको ६ जना सदस्यका लागि सोमबार भएको निर्वाचनमा जसपाका ५ जना र नेपाली कांग्रेसका १ जना निर्वाचित भएका हुन् । महिला सदस्यमा जसपाकी अकलिया खातुन मुकेरी, चनरजोतिया दुसादिन, मालती देवी दुसादिन र ललिता देवी निर्वाचित हुदा दलित वा अल्पसंख्यक सदस्यमा जसपाकै हरिओम साह कलवार र कांग्रेसका रामराज चौरसिया निर्वाचित भएका छन् ।
दलित वा अल्पसंख्यक सदस्यमा विजयी भएका साह र कलवार दुवै जना बैशाख ३० गते भएको निर्वाचनमा वडाध्यक्षका पनि उम्मेदवार थिए । तर दुवै जना पराजित भएका थिए ।
कूल २७ जना मतदाता रहेको कालिकामाई गाउँपालिकाको कार्यपालिका सदस्यका लागि सोमबार भएको निर्वाचनमा जसपाका १३ जना, कांग्रेसका १२ जना र एमालेका दुई जनाले मतदान गरेका थिए ।
गाउँ कार्यपालिकाको निर्वाचनमा कांग्रेस र एमालेले आन्तरिक तालमेल गरेपनि ६ मध्ये ५ सदस्य जसपाका निर्वाचित भएका हुन् ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्