वीरगञ्ज – पर्साको ठोरीे गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका सम्पुर्ण उम्मेदवारहरु विजयी भएका छन् । गाँउकार्यपालिकाका ६ सदस्यको लागि सोमबार भएको निर्वाचनमा एमालेका सबै उम्मेदवार विजयी भएका हुन् ।
गाउँकार्यपालिकाको दलित वा अल्पसंख्यक सदस्यमा एमालेका उम्मेदवार इश्वरी देवी प्रजा र मेघराज सुनुवार विजयी भएका हुन् । पालिकाका २७ जना निर्वाचित जनप्रतिनिधि मध्ये सोमबार भएको मतदानमा २६ जनाले मतदान गरेका थिए ।
विजयी इश्वरी देवीप्रजा र मेघराज सुनुवारले १७÷१७ मत प्राप्त गरेका हुन् भने कांग्रेसकी समिता बिश्वकर्मा र नेकपा माओबादी केन्द्रकी उम्मेदवार अनुखा सुनुवारले ९÷९ मत मात्रै प्राप्त गरे । यस्तै कार्यपालिका महिला सदस्यमा पनि एमालेकै देवीमाया थिङ,ज्ञान कुमारी जोशी,फुलमाया दर्जी र धनमाया घलान विजयी भएका छन ।
गत बैशाख ३० गते भएको निर्वाचनमा ठोरी गाँउपालिकामा अध्यक्ष , उपाध्यक्ष र ३ जना वडाध्यक्ष सहित १६ जना जनप्रतिनिधि जितेर एमाले पहिलो , १ वडाध्यक्ष सहित ७ जना जनप्रतिनिधि जितेर माओवादी केन्द्र दोस्रो तथा १ वडाध्यक्ष सहित ४ जना जनप्रतिनिधि जितेको काँग्रेस तेस्रो भएको थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्