ट्राफिक व्यवस्थापन तथा पार्किङ् सम्बन्धमा मेयर सिंहले गरे ट्राफिक प्रमुखसँग छलफल

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुबप्रसाद दाहालसँग छलफल गरेका छन्

सम्वादाता | २०७९ जेठ १६ गते १९: ०४ मा प्रकाशित

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुबप्रसाद दाहालसँग छलफल गरेका छन् । वीरगञ्ज महानगर क्षेत्रको ट्राफिक व्यवस्थापक, पार्किङ्ग, सडक लेन लगायतका समस्याका सम्बन्धमा मेयर सिंहले ट्राफिक प्रमुखसँग छलफल गरेका हुन् । दाहाललाई आफ्नै कार्यकक्षमा बोलाएर महानगरको ट्राफिक व्यवस्थापनमा भइरहेको काम र देखिएका समस्या बारेमा मेयर सिंहले जानकारी लिएका हुन् । यसका साथै ट्रान्सपोर्ट तथा हेभी गाडी लोड अनलोड लगायत विषयमा पनि मेयर सिंहले जानकारी लिएका छन् । ट्राफिक व्यवस्थापनका रुट छुट्याएर सवारी आउजाउको व्यवस्था मिलाउने वातावरण महानगरले बनाइदिए सहज हुने ट्राफिक प्रहरी प्रमुख दाहालको भनाई छ । साथै पार्किङको समस्याका कारण सडकमै सवारी पार्किङ गर्दा साँघुरा सडक झनै साँघुरा भएकाले पनि आउजाउमा कठिनाई आउनुका साथै ट्राफिक व्यवस्थापनमा चुनौति देखिएको दाहालले बताए । त्यसका लागि छुट्टै पार्किङ क्षेत्र बनाउनु जरुरी रहेको भन्दै महानगरले त्यसमा काम गर्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्