विमान दुर्घटना : सेनाको हेलिकोप्टरबाट १० जनाको शव काठमाडौं ल्याइयो

तारा एयरको जहाज दुर्घटनामा परि मृत्यु भएका १० जनाको शव मुस्ताङको थासाङ–२ स्थित कोवाङ गाउँबाट पोखरा हुँदै काठमाडौं ल्याइएको छ।

सम्वादाता | २०७९ जेठ १६ गते १८: ०० मा प्रकाशित

काठमाडौँ – तारा एयरको जहाज दुर्घटनामा परि मृत्यु भएका १० जनाको शव मुस्ताङको थासाङ–२ स्थित कोवाङ गाउँबाट पोखरा हुँदै काठमाडौं ल्याइएको छ।

सोमबार साँझ ६:३० मा नेपाली सेनाको जहाजबाट शव काठमाडौं ल्याइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शवहरुलाई एम्बुलेन्समार्फत त्रिवि शिक्षण अस्पताल लगिनेछ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज बिहान १० :१० मिनेटमा सम्पर्कविहीन भएको थियो। जहाज थासाङको मानापाथी हिमालस्थित नामसारे पहाडमा ठोक्किएर दुर्घटना भएको थियो।

प्रतिक्रिया दिनुहोस्