वीरगञ्ज – पर्साको जीराभवानी गाँउपालिकाको कार्यपालिका सदस्यमा नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको छ। सोमबार भएको कार्यपालिका सदस्यको निर्वाचनमा ६ वटै सदस्यमा काँग्रेसका उम्मेदवार विजयी भएका हुन् । कार्यपालिकाको अल्पसंख्यक सदस्यमा सरोज चौरसीया , दलित सदस्यमा रितिक कुमार हजरा तथा महिला सदस्यहरुमा रुना देवी मुसहेरीन् , अंशुइया देवी , कौशील्या चमइन् र रन्जुदेवी थरुनी निर्वाचित भएको निर्वाचन अधिकृत झविन्द्र प्रसाद पाण्डेले जानकारी दिए । सोमबार ६ सदस्य पदका लागि भएको निर्वाचनमा काँग्रेस र एमालेबाट ६र६ जना गरि १२ जनाको उम्मेदवारी परेको भएपनि १५ मत सहित काँग्रेसका उम्मेदवारहरु निर्वाचित भएका हुन् । एमालेका उम्मेदवारले भने १० मत मात्रै पाएको निर्वाचन अधिकृत पाण्डेले जानकारी दिए । यसअघि गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा गाँउपालिका अध्यक्ष , उपाध्यक्ष र ३ वटा वडाअध्यक्ष काँग्रेसले जितेकोमा २ वटा वडा मात्र एमालेले जितेको थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्