काठमाडौँ – वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ का नवनिर्वाचित वडाअध्यक्ष सुरेश गुप्ताले पदभार सम्हालेका छन् । बिहिबार वीरगञ्जमा आयोजित नवनिर्वाचित जनप्रतिनिधिहरुको शपत ग्रहण समारोहमा शपत ग्रहण गरेपश्चात सोमबार पदभार सम्भालेका हुन । पूर्व वडा अध्यक्षले बिगत ५ बर्षदेखि आफ्नै निवासबाट कार्यालय सन्चालन गरेको हुदा वडा अध्यक्ष सुरेश गुप्ताले पदभार सम्भालेकै दिन मुर्लि १२ को सार्वजनिक स्थानमा कार्यालय स्थापना गरेको बताए । उहाले बिगत ५ बर्षदेखि निवासबाट वडा कार्यालय सन्चालन भएको हुदा कतिपय सर्वसाधारण मारमा पर्न गएकोले सार्वजनिक स्थानबाटै वडा कार्यालयको सन्चालन गरिएको बताए ।
अध्यक्ष गुप्ताले टोलको फोहर ब्यवस्थापन, शिक्षा, स्वास्थय र बिकाश निर्माणको निम्ति आफु पछाडी नहटने बताउनु भयो । उहाले अबका दिनहरूमा वडावासिलाइ कुनै किसिमको समस्या पर्दा वडा कार्यालयमा आउन सक्ने वतावरण बनि सकेकाले वडा कार्यालयमा पुगि आफ्ना समस्या राख्न सकिने बताउनु भयो । आफु जनताको हितको निम्ति, जनताको सुखदु:खमा सधै तत्पर रहि काम गर्ने वडा अध्यक्ष गुप्ताले बताउनु भयो ।
पदभार कार्यक्रममा वडासदस्य दिपक डङ्गोल, रियाज अन्सारी तथा नेपाल बुधिजिवी परिषद पर्साका अध्यक्ष शम्भु प्रसाद गुप्ता, पुर्व सान्सद बिचारी यादव, नेकपा एमालेका प्रभु हजरा, जय प्रकाश थारु लगायतका नेता, कार्यकर्ता एवम् सयौ वडा वासिहरुको उपस्थिती रहेको थियो ।
हाल स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन र सेवा सञ्चालन स्वास्थ्य सेवा ऐन २०५३ अनुसार भइरहेको छ । अहिले तीन तहको कर्मचारीसम्बन्धमा अन्र्तसम्बन्ध कायम गर्न जटिलता देखिएको छ । यसका अलावा स्वास्थ्य सेवामा रहने पद र वृत्तिविकासमा सम्बन्धमासमेत अन्यौल रहेकाले ऐनले त्यो विषय चिर्ने विश्वास लिइएको छ ।
चिसो मौसममा चायाको समस्या धेरैलाई हुने गर्दछ। यो एकप्रकारको फंगल इन्फेक्शन हो। काँइयो, तौलिया, रुमालको माध्यमबाट यो एक व्यक्तिबाट अर्कोमा सर्ने गर्दछ। यो समस्या बढ्दै गएको छ भने चिकित्सकको सल्लाह अनुसार औषधीको प्रयोग गर्नुपर्ने हुन्छ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्