काठमाडौँ – आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट भाषणपछि पनि सेयर बजार मापक नेप्सेमा उच्च अंकले गिरावट आएको छ।
बजेटपछि तथा साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४५.०९ अंकले घटेर २१७८.६९ बिन्दुमा झरेको हो। त्यस्तै सेन्सेटिभ इण्डेक्स ७.८४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६६ अंकले घटेको छ।
सोमबार कारोबारमा आएका २२७ कम्पनीको ३ लाख ५६ हजार कित्ता सेयर १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ।
सोमबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.२२ प्रतिशत घटेको छ।
त्यस्तै विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेका छन्।
नेप्से परिसूचकमा गिरावट आए पनि बलेफी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.२३ प्रतिशत बढेको छ।
यता १ वर्षपछि कारोबारमा आएको नेपाल इन्भेष्टमेण्ट बैंकको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। ज्योती लाईफ इन्स्योरेन्स र लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को सेयरमूल्य ७ प्रतिशत भन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा ४ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। अरुण भ्याली हाइड्रोपावर, हिमालयन डिष्टिलरी ४ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्