निर्वाचनमा उम्मेदवार बनेका करिब २ सय जना पत्रकारको सदस्यता खारेज

नेपाल पत्रकार महासंघले पर्साका ५जनासहित देशभरका करिब २ सय जनाको सदस्यता खारेज गरेको छ ।

सम्वादाता | २०७९ जेठ १६ गते १८: २३ मा प्रकाशित

वीरगञ्ज - नेपाल पत्रकार महासंघले देशभरका करिब २ सय सदस्यको सदस्यता खारेज गरेको छ । जसमध्ये पर्सा जिल्ला ५ जना रहेका छन ।
हिजो (आइतबार) काठमाडौँमा उपलब्ध पदाधिकारी तथा सदस्यहरूको बैठकले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका केन्द्र, प्रदेश र शाखाको पदाधिकारी तथा कार्यसमिति सदस्यहरू स्वतः पदमुक्त हुने वैधानिक व्यवस्था अनुसार उनीहरूको सदस्यता खारेज गर्ने निर्णय गरेको हो । पर्साका ५ जना पत्रकारले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका थिए । उनीहरुको पनि सदस्यता खारिज भएको छ ।
महासचिव रोशन पुरीद्वारा जारी गरिएको विज्ञप्तिमा विधानको व्यवस्थाअनुसार गर्न केन्द्र, प्रदेश र शाखालाई सूचित गर्ने निर्णय गरेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा स्थानीय तहको निर्वाचनमा महासङ्घका सदस्यता लिएका करिब २०० जना पत्रकारले उम्मेदवारी दिएका र तीमध्ये ८१ जना निर्वाचित भएको उल्लेख गरिएको छ ।
बैठकले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनका लागि महासंघको विभिन्न तहबाट राजीनामा दिएका दुई केन्द्रीय सदस्यसहित ३० सदस्यहरूको राजीनामा स्वीकृतसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्