परवानीपुर गाउँपालीका वडा नं ५ वडा अध्यक्षको पदभार ग्रहण

बाराको परवानीपुर गाउँपालीका वडा नं ५ बहुअरी टोलमा आज वडा अध्यक्ष रामेश्वर प्रसाद कलवार सहित वडा सदस्य दारा सिंह पटेल, उषा देवी, महेश प्रसाद साह, कलीया देवी लगायतले पदभार ग्रहण गरेका छन ।

सम्वादाता | २०७९ जेठ १६ गते १४: ४६ मा प्रकाशित

वीरगञ्ज - बाराको परवानीपुर गाउँपालीका वडा नं ५ बहुअरी टोलमा आज वडा अध्यक्ष रामेश्वर प्रसाद कलवार सहित वडा सदस्य दारा सिंह पटेल, उषा देवी, महेश प्रसाद साह, कलीया देवी लगायतले पदभार ग्रहण गरेका छन । गाउँपालीका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको प्रमुख आतिथ्यमा नव निर्वाचित प्रतिनिधीहरुले पदभार ग्रहण गरेका हुन । कार्यक्रममा गाउँपालीका प्रमुख कुर्मीले शुभकामना दिदै सबै मिलेर पालीकाको बिकासमा जुटन आग्रह गर्नुभयो ।

वहाले आम जन्ताले आफुहरुलाई काम गर्न जीताएर पठाएको हुनाले आज देखी पालीकाको काममा लाग्न आग्रह गर्नुभयो । आफु २४ घण्टा जन्ताको सेवा गर्न तैयार रहेको र शिक्षा, सडक, रोजगारी, स्वाथ्य लगाएतका क्षेत्रमा काम गर्ने बताउनुभयो । यसैगरी नव निर्वाचित वडा सदस्य दारा सिंह पटेलले जन्ताले आफुहरुलाई काम गर्न जीताएर पठाएको हुनाले आज देखी पाटीगत कुरालाई छोडी बिकासको कुरामा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो ।

वहाले यस वडाको बिकास गर्न सबै मिलेर पारदर्शी रुपमा काम गर्न वडाका पदाधीकारीलाई आग्रह गर्नुभयो । कार्यक्रममा जसपा पाटीका प्रदेश कमीटी सदस्य प्रध्यापक आनन्द प्रसाद यादवले शुभकामना दिदै अब गल्ती गर्ने कसैलाई छुट नभएको र बिगतमा भएका कमी कमजोरीलाई सुधार गर्दै देशकै नमुना र सुन्दर गाउँपालीका बनाउन निर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका प्रदेश कमीटी सदस्य उमेश गुप्ताले शुभकामना दिदै निर्वाचित पदाधिकारीहरुलाई पारदशी रुपमा काम गर्न आग्रह गरेका थिए ।

कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष रामेश्वर प्रसाद कलवारले बिगतमा भएका कमी, कमजोरीलाई सुधार गर्दै बाकी रहेका अधुरा कामलाई पुरा गर्ने प्रतिबद्धता ब्यतm गरे । उनले जन्ताले आफुलाई बिश्वास गरी दोस्रो पटक जीताएको हुनाले जन्ताको मतको कदर गर्दै यो वडालाई सबै भन्दा राम्रो वडा बनाएर देखाउने प्रतिबद्धता गरे ।

कार्यक्रमको संचालन स्वास्थ्य कार्यालयका प्रमुख हरिओम साहले गरेका थिए । कार्यक्रममा गाउपालीकाका उपप्रमुख सुगान्धी देवी, बिभिन्न पाटीका प्रतिनिधी, समाजसेवी, शिक्षक, शिक्षिका, सुरक्षाकर्मी, स्थानीय जन्ता लगायत संचारकर्मीहरुको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्