काठमाडौंका मेयर र उपमेयरले लिए शपथ

काठमाडौं महानगरपालिका नवनिर्वाचित मेयर वालेन्द्र (बालेन) साह, उपमेयर सुनिता डंगोल र वडाध्यक्ष तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सम्वादाता | २०७९ जेठ १६ गते १४: ०७ मा प्रकाशित

काठमाडौं - काठमाडौं महानगरपालिका नवनिर्वाचित मेयर वालेन्द्र (बालेन) साह, उपमेयर सुनिता डंगोल र वडाध्यक्ष तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।मेयर साहले नेपाली र नेपाल भाषामा शपथ ग्रहण गरेका थिए ।
राष्ट्रियसभा गृहमा आयोजित समारोहमा साहलाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले सपथ गराएका थिए । त्यसैगरी मेयर साहले उपमेयर, वडाध्यक्षहरु तथा सदस्यहरुलाई छुट्टाछुट्टै शपथ ग्रहण गराएका थिए । वैशाख ३० गते भएको स्थानीय तह चुनावमा ३२ वर्षीय स्वतन्त्र उम्मेदवार साह काठमाडौंको मेयरमा निर्वाचित भएका थिए । बिहीबार राति निर्वाचन कार्यालयले मत गणना सकेको थियो ।

प्रतिक्रिया दिनुहोस्