कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

सरकारले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।

सम्वादाता | २०७९ जेठ १५ गते १८: ४१ मा प्रकाशित

काठमाडौं - सरकारले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् ।
अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ। वृद्धि भएको तलब साउन १ गतेदेखि लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्