रेलमार्ग निर्माणका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन

बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले वीरगन्ज काठमाडौं रेलमार्ग र काठमाडौं मेट्रोरेलको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने बताए ।

सम्वादाता | २०७९ जेठ १५ गते १८: १६ मा प्रकाशित

काठमाडौं- सरकारले रेल सेवा विस्तार र सम्भाव्यता अध्ययन गर्न ६ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ।
पूर्वपश्चिम रेलमार्ग बर्दिबास–निजगढ खण्डको निर्माण गर्न तीव्रता दिइने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले वीरगन्ज काठमाडौं रेलमार्ग र काठमाडौं मेट्रोरेलको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने बताए । यसका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन गरिएको छ ।

वीरगन्ज, भैरहवा, पोखरालगायतका सहरमा ट्राम यातायात सञ्चालनमा गर्न पनि सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्रीले बताए । जनकपुर जयनगर रेल यातायात कुर्थासम्म विस्तार गरिने पनि उनले बताए ।
बिर्तामोड–जलेश्वर रेल यातायातको सम्भाव्यता अध्ययन गर्न पनि बजेट बिनियोजन गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्