शिक्षाका लागि ७० अर्ब ५ करोड रूपैयाँ विनियोजन

सरकारले शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड रूपैयाँ विनियोजन गरेको छ

सम्वादाता | २०७९ जेठ १५ गते १८: ४७ मा प्रकाशित

काठमाडौं - सरकारले शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड रूपैयाँ विनियोजन गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि सरकारले यो रकम विनियोजन गरेको हो।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरिएको जानकारी दिएका हुन्।
त्यस्तै प्रदेश शिक्षाका लागि ५ अर्ब ३२ करोड र स्थानीय तहका लागि १ अर्ब २१ अर्ब रूपैयाँ विनियोजन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्