सुत्केरी महिलालाई पाँच हजार पोषण भत्ता दिइने

सरकारले २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ट पाँच हजार रुपैयाँ पोषणभत्ता दिने जानकारी दिएको छ।

सम्वादाता | २०७९ जेठ १५ गते १५: २७ मा प्रकाशित

काठमाडौँ – सरकारले २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ट पाँच हजार रुपैयाँ पोषणभत्ता दिने जानकारी दिएको छ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मानव सुचकांकमुनि रहेका विभिन्न २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ट पाँच हजार रुपैयाँ पोषणभत्ता उपलब्ध गराउने जानकारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्