गणतन्त्र दिवसको अवसरमा वीरगञ्ज कारागारबाट ३८ कैदीलाई माफी मिनाहा

गणतन्त्र दिवसको अवसरमा वीरगञ्ज कारागार बाट ३५ जना पुरुस र ३ महिला कैदीलाई माफी मिनाहा भएर रिहा भएका छन ।

सम्वादाता | २०७९ जेठ १५ गते १८: १७ मा प्रकाशित

वीरगञ्ज - आज गणतन्त्र दिवसको अवसर पारेर वीरगञ्ज कारागार भित्र रहेका कैदीहरुमध्ये ३८ जनालाई आम माफी पाऐको छ । गणतन्त्र दिवसको अवसरमा देशभरीकै कारागारबाट कैदीलाई माफी गरेको छ । जसमध्ये वीरगञ्ज कारागार बाट ३५ जना पुरुस र ३ महिला कैदीलाई माफी मिनाहा भएर रिहा भएका छन । 

विभिन्न मुदामा सजाय काटिराहेको कैदिहरु मध्ये यश अवसरमा वीरगञ्ज कारागार बाट कैद मिनाहाका लागी सिफारिस गरिएका कैदीहरु मध्ये ३८ जना कैदिको बाकी कैद मिनाहा भएको छ । कैद मिनाहा भएका कैदी र निजहरुका आफन्तजनहरुले कारगार पुगि फुलमाला सहित टिका लगाई खुसियालि मनाएको छन् ।

कैद मिनाहा भै कैद मुक्त हुनुहुने कैदिहरुको बाकि जीवन सुखद विताउने र सरकारलाई धन्यवाद बेक्त गदै कारागार बाट घर फकेका छन् । सरकारले प्रत्येक बर्ष विभिन्न राष्ट्रिय दिवसको अवसर पारेर कारागारमा रहदा राम्रो चालचलन देखाउने कैदिहरुलाई रिहा गर्ने गरेको छ ।

कैदीहरुको आम माफीको लागि असल चालचलन भएको, बानी ब्यवहारमा सुधार आएको, तोकिएको कैदको कम्तीमा ५० प्रतिशत भुक्तानी गरिसकेको, नकारात्मक सूचीमा परेका १९ प्रकारको मुद्दा बाहेकको हुनुपर्ने र आफू कैदमा रहेको मुद्दा अन्तिम भइसकेको हुनुपर्ने जस्ता न्युनतम योग्यता भएको कैदीलाई रिहा गरिने गरेको वीरगञ्ज कारागार प्रमुख कुष्ण गैरेले बताए ।


उनले भने यस बर्ष गणतन्त्र दिवसका अवसरमा वीरगञ्ज कारागार बाट ५० प्रतिशत भुक्तानी गरिसकेका २६ जना र ४० प्रतिशत भुक्तानी गरिसकेका १२ जवा रिहा भएका छन् ।जसमा कर्तव्य ज्यान तर्फ २० पुरुष र ३ महिला गरी २३ जना, सवारी ज्यान तर्फ ४ जना , नागरिकता किर्ते , डाँका , बहु विवाहका २÷ २ जना र कुटपिट अंगभंग , चोरी , काठ चोरी र रहजनी चारी का एक ÷एक जना र एक जना आममाफी पाएकोे कारागारले जनाएको छ । नेपाल सरकारले यसअघि पनि संविधान दिवसको अवसरमा कारागार भित्र रहेका केही कैदीलाई रिहा गर्दै आएको थियो ।

विभिन्न मुद्धामा कारागारमा थुनामा रहेका १३०४ जना पुरुष र ६३ जना महिला गरी १३६७ जना कैदी रहेको थियो । जसमध्ये आज आइतबार गणतन्त्र दिवसका अवसरमा ३८ जना कैदीलाई माफी गरी रिहा भएका छन । अब वीरगञ्ज कारागारमा १३२९ कैदि रहेका छन ।

 

 

प्रतिक्रिया दिनुहोस्