पर्साको ग्रामीण भिस्वा नाकाबाट व्यापक तस्करी

चुनावको बेला सिमानाकामा प्रहरीले कडाई गरेपछि केही दिन रोकीएको तस्करी चुनाव सक्नै बितिकै ठूलो मत्रामा तस्करी भइरहेको छ ।

सम्वादाता | २०७९ जेठ १५ गते १४: ०६ मा प्रकाशित

वीरगञ्ज - पर्सा जिल्लाको पश्चिमी भेगमा पर्ने भिस्वा र बुढगाईबाट सिमानाकामा चोरी तस्करी, आपराधिक गतिविधि रोक्ने र देशको राजश्व बढाउने मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीकै सेट्टिंगमा ठूलो तस्करी पुनह सञ्चालनमा आएको समाचार प्राप्त भएको छ । चुनावको बेला सिमानाकामा प्रहरीले कडाई गरेपछि केही दिन रोकीएको तस्करी चुनाव सक्नै बितिकै ठूलो गिरोह नै बनाएर सञ्चाल गरेका छन। तस्करहरुले दिनमा २ –३ सय जना भरिया राखेर भरियाको माध्यमले तस्करीका समान वारीपारी गराउँछन् भने रातिराति ट्रेक्टर र पिकअपको माध्यमले गर्दै आएका छन। भिस्वाका तस्करहरुले नेपालबाट भारततर्फ चाइनिज स्याउ, मटर, मरिच, छोगडा, मकै, अकरोट, युनिलिभरको फेयर एण्ड लभ्ली, क्लोजअप पेस्ट जस्ता कस्मेटिकका सामानहरू, खुकुरी चुरोट, चाइनिज इन्चीटेप , लेक्मीको काजल लगायतका समानहरु तस्करी गरिरहेका छन । यस्तै सेटिङमा नेपाली बालुवा पनि भारततर्फ तस्करी भइरहेको छ । यति मात्रै हैन यसको अलावा पनि अपोलो कम्पनिको स्का‘र्पियो र कारको १७ नम्बर टायरको पनि तस्करी सुरु भएको छ । भिस्वामा एउटा पनि टायरको पसल या चारचाका गाडी बनाउने ग्यारेज नै नभएको ठाउँमा वीरगञ्जबाट प्रति दिन आउने एक ट्रक टायर काहा जान्छ भने प्रहरीले कुनै नबुझेको र नदेखेको हैन बल्कि सेट्टिंगमा भारततर्फ तस्करी भईरहेको छ । यस विषयमा भिस्वा बीओपी प्रमुख हरिसिंह बिष्टले सिमानाकामा हुने तस्करी नियन्त्रणमा लिन सीमानाकामा कडाइ गरिएको बताए । उनले भने ,“म आको २० दिन मात्र भएको छ । आएको दिने देखी चुनावमा खटिएको तेतिबेला पनि सीमानाकामा कडाइ गरेको थिए । अहिले राम्रो संगसिमा नाका बुझोको छैन् चुनावले गर्दा । अब पनः रुपले सीमानाकामा कडाइकासाथ तस्करी नियन्त्रण गर्ने बताए ।,, खुला सीमानाकाबाट चोरी–तस्करी बढेपछि सत्ती भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ ।

प्रतिक्रिया दिनुहोस्