सम्पर्कविहीन भएको जहाजको खोजीमा हेलिकोप्टर परिचालन : दुर्घटना भएको आशंका

जहाजमा दुई जर्मनी नागरिक, चार भारतीय र बाँकी १३ जना नेपाली नागरिक रहेको नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ

सम्वादाता | २०७९ जेठ १५ गते ११: ४९ मा प्रकाशित


वीरगञ्ज : सम्पर्कविहीन भएको ताराको ट्विनअटर खोज्न हेलिकोप्टर पठाइएको छ । जोमसोमबाट फिस्टेल एयरको हेलिकोप्टर टुकुचे र धौलागिरी क्षेत्रमा खोजीका लागि पठाइएको पोखरा नागरिक उड्डययन कार्यालयका प्रमुख देवराज सुवेदीले बताए । तारा एयरको 9N-AET कल साइन भएको ट्वीनेटर जहाज आइतबार बिहान ९.५५ बजे पोखराबाट जोमसोम उडेको थियो ।
जहाजमा दुई जर्मनी नागरिक, चार भारतीय र बाँकी १३ जना नेपाली नागरिक रहेको नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ ।जहाजमा तीनजना चालक दलका सदस्यसहित २२ जना थिए।
उक्त जहाज सिनियर क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । घिमिरेले पहिले नागरिक उड्ययन प्राधिकरणमा पनि काम गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्