पर्सामा १ सय २६ जनाले गरे रक्तदान

रगत अभावलाई कम गर्न साहिब दरबार सेवा संस्थान र जसपाले संयुक्त रक्तदानको आयोजना गरेका हुन् ।

सम्वादाता | २०७९ जेठ १२ गते १३: १६ मा प्रकाशित

वीरगन्ज– साहिब दरबार सेवा संस्थान र जनता समाजवादी पार्टी नेपाल वीरगन्ज महानगरपालिका कार्य समितिको संयुक्त आयोजनामा बिहीबार वीरगन्जमा रक्तदान कार्यक्रको आयोजना गरिएको छ । आदर्शनगर स्थित राणिसति अतिथी सदनमा विहान ७ बजेदेखि सुरु भएको रक्तदान कार्यक्रममा ८ महिला सहित १ सय २६ जनाले रक्तदान गरेका थिए । स्थानीय तह निर्वाचनको बेला जिल्लामा रक्तदान नभएकाले पछिल्लो समय रगतको अभाव भएको थियो । 

रेड क्रस पर्साको ब्लड बैंक केन्द्रले सर्वसाधारणलाई रक्तदान गर्न आह्वान गरेको थियो । रगत अभावलाई कम गर्न साहिब दरबार सेवा संस्थान र जसपाले संयुक्त रक्तदानको आयोजना गरेका हुन् । रक्तदान गर्नेहरुमा कुसुम देवी, मकबुल आलम, अफताब आलम, पिन्की कुशवाहा, ईश्वरचन्द यादव, अंशु श्रेष्ठ, श्रद्धा देउजा, निराजन अधिकारी, सुशील श्रेष्ठ, उमेश मानन्धर, समीर हवारी, अनिल गुप्ता, ज्याउल हवारी, राजेश महतो, सत्यराज घिमिरे, नवीन गुप्ता लगायत रहेको ब्लड बैंकका राजन श्रीवास्तवले बताए । रक्तदान कार्यक्रममा वीरगन्ज महानगरमा नवनिर्वाचित मेयर राजेशमान सिंह, पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादवको विशेष उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्