सखुवाप्रसौनीमा एमालेका युवा नेता जसवन्त विजयी 

गाउँपालिका उपाध्यक्षमा जसपाकी शर्मिला बिष्ट निर्वाचित भएकी छन् ।

सम्वादाता | २०७९ जेठ ६ गते १५: ०५ मा प्रकाशित

वीरगन्ज– पर्साको सखुवाप्रसौनी गाउँपालकाको अध्यक्षमा एमालेका युवा नेता जसवन्त यादव विजयी भएका छन् । यादवले एक हजार ८ सय ३१ मतको फराकिलो मतान्तरले जनता समाजवादी पार्टी (जसपा)का प्रदीप जयसवाललाई पराजित गरेका हुन् । जयसवाल गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । यादवले ६ हजार ६४१ मत ल्याएका छन् भने जयसवालले ४ हजार ८१० मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।  गाउँपालिका उपाध्यक्षमा जसपाकी शर्मिला बिष्ट निर्वाचित भएकी छन् ।

विष्टले एमालेकी फूलमति थरुनीलाई २ सय १२ मतले पराजित गरेकी हुन् । विष्टले ४ हजार ४६८ मत ल्याएकी छन् भने थरुनीले ४ हजार २५६ मत पाएकी छन् । थरुनी निवर्तमान उपाध्यक्ष हुन् । ०७४ को निर्वाचनमा उनी तत्कालिन संघीय समाजवादी फोरमबाट चुनवा लडेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्