मुख्यमन्त्रीका पिएको जमानत जफत, श्रीमती पनि हारिन्

सदर मतको १० प्रतिशतसम्म पनि मत ल्याउन नसकेपछि जमानत जफत भएको हो ।

सम्वादाता | २०७९ जेठ ६ गते १०: ०० मा प्रकाशित

वीरगन्ज– मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीकी श्रीमती पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा जनता समाजवादी पार्टीकी उम्मेदवार थिइन् । शुक्रबार अन्तिम मत परिणाम घोषणा हुँदा मुख्यमन्त्रीकी श्रीमतीले तेस्रो स्थान पाएकी छन् । कांग्रेसकी बबिता सिंहले ५५३१ मत ल्याएर जगरनाथपुरको उपाध्यक्षमा निर्वाचित भएकी छन् भने खातुनले ३४४७ मत ल्याएकी छन् ।

एमालेकी मिरादेवीले ३३४५ मत ल्याएर निकटतम प्रतिद्धन्द्धी भइन् । मुख्यमन्त्रीका स्वकीय सचिव दिपक यादवले जमानत समेत जोगाउन सकेनन् । यादवले पटेर्वासुगौली गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिएका थिए । उनले सदर मतको १० प्रतिशतसम्म पनि मत ल्याउन नसकेपछि जमानत जफत भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्