बहुदरमाई नगरपालिकामा भत्कियो कांग्रेस गढ

कांग्रेसका उम्मेदवार तथा निवर्तमान मेयर नितेन्द्र साह यसपाली तेस्रो स्थानमा पुगेका छन् ।

सम्वादाता | २०७९ जेठ ५ गते १४: ३४ मा प्रकाशित

वीरगन्ज– पर्साको बहुदरमाई नगरपालिकामा यसपालीको निर्वाचनमा कांग्रेसको गढ भत्किएको छ । विगत लामो समयदेखि कांग्रेसको बलियो पकड मानिएको बहुदरमाई नगरपालिका कांग्रेसका केन्द्रीय सदस्य अजय चौरिसयाको क्षेत्र पनि हो । कांग्रेसका उम्मेदवार तथा निवर्तमान मेयर नितेन्द्र साह यसपाली तेस्रो स्थानमा पुगेका छन् ।
बहुदरमाई नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का सिंगासन साह तेली विजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी एमालेका शिव पटेललाई ३ सय ४६ मतले पराजित गर्दै तेली मेयरमा निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । जसपाका तेलीले ६ हजार चार मत पाएका छन् भने एमालेका उम्मेदवारले ५ हजार ६५८ मत ल्याएका छन् । नगरपालिकाका निवर्तमान मेयर एवं कांग्रेसका उम्मेदवार रहेका नितेन्द्र साह तेली ५ हजार ५१६ मत ल्याएर तेस्रो भएका छन् । नगरपालिकाको उपमेयरमा ६ हजार ४४० मत ल्याएर एमालेकी सुष्मा कुशवाहा विजयी भएकी छन् । उनले कांग्रेसकी सोनामती देवीलाई ९ सय १५ मतले पराजित गरिन् । सोनामतिले ५ हजार ५२५ मत ल्याएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्