पर्साको पोखरिया नगरपालिकामा एमालेका चौहान विजयी

प्रमुखमा प्रदुमन चौहानले कांग्रेसका दीपनारायण रौनियार(मन्टु)लाई २ हजार ४३३ मतले पराजित गरेका हुन् ।

सम्वादाता | २०७९ जेठ ५ गते १०: ४४ मा प्रकाशित

वीरगन्ज– पर्साको पोखरिया नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा प्रदुमन चौहानले कांग्रेसका दीपनारायण रौनियार(मन्टु)लाई २ हजार ४३३ मतले पराजित गरेका हुन् । संविधानसभा सदस्य समेत रहेका चौहानले ५ हजार ५५४ मत ल्याएका छन् । पोखरियाका निवर्तमान मेयर समेत रहेका मन्टुले ३ हजार १२१ मत ल्याएका छन् ।  उप्रमुखमा एमालेकी रुबि ठाकुरले कांग्रेसकी रेहाना खातुनलार्य १ हजार २६६ मतले पराजित गरेकी छन् । ठाकुरले ५ हजार १९५ मत ल्याएकी छन् भने खातुनले ३ हजार ९२९ मत ल्याएकी निर्वाचन कार्यालयले जनाएको छ । १० वटा वडा रहेको पोखरिया नगरपालिकामा कांग्रेसले ५, एमालेले ४ र नेपाल सुशासन पार्टीले एउटा वडाध्यक्ष जितेका छन् ।  

प्रतिक्रिया दिनुहोस्