कालिकामाईको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस विजयी

गाउँपालिका अध्यक्षमा जसपाका बशिष्ट गुप्ता र उपाध्यक्षमा कांग्रेसकी राजमती बरैनी विजयी भएका हुन् ।

सम्वादाता | २०७९ जेठ ४ गते १३: ५६ मा प्रकाशित

वीरगन्ज–पर्साको कालिकामाई गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी नेपाल (जसपाश) र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा जसपाका बशिष्ट गुप्ता र उपाध्यक्षमा कांग्रेसकी राजमती बरैनी विजयी भएका हुन् । बशिष्ट ११७ मतले कांग्रेसका उम्मेदवार अजय पटेललाई पराजित गरेको निर्वाचन कार्यालयले जनाएको छ । राजमती जसपाकी उम्मेदवार सहानी खातुनलाई १११ मतले हराउँदै विजयी भएकी हुन् । मतगणना सुरु भएदेखी नै कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका थिए । तर, वडा नं. ५ बिरन्चिबर्वामा गएर जसपाका बशिष्टले अजयले उछिनेका थिए ।
एउँटै गाउँ मुडलीका रहेका बशिष्ट र अजय बिच सुरुदेखी अन्त सम्म कडा प्रतिस्पर्धा देखिएको थियो । उपाध्यक्षमा कांग्रेसकी राजमती सुरुदेखी नै अग्रस्थानमा रहेकी थिइन । अध्यक्षमा निर्वाचित दल जसपाले राजमतीलाई टिकट नदिएपछि उनी कांग्रेस प्रबेश गरी टिकट लिन सफल भएकी थिइन ।
५ वटा वडा रहेको गाउँपालिकाको ३ वटा वडाध्यक्षमा जसपा, एक/एक वटामा एमाले र कांग्रेस विजयी भएको छ । वडा नं १ मा जसपाका लालबाबु चौरसिया, वडा नं २ मा एमालेका सोनालाल चौरसिया, वडा नं ३ मा जसपाका संजय पटेल वडा नं ४ मा कांग्रेसका संजय साह र वडा नं ५ मा जसपाकै जयनारायण पटेल विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्