धोबिनी गाउँपालिकामा जसपा र उपाध्यक्षमा कांग्रेस विजयी

०७४ सालको निर्वाचनमा धोबिनी गाउँपालिकामा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा तत्कालिन संघीय समाजवादी फोरमका उम्मेदवार विजयी भएका थिए ।

सम्वादाता | २०७९ जेठ ४ गते ०७: २४ मा प्रकाशित

वीरगन्ज– पर्साको धोबिनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका मदन प्रसाद चौहान विजयी भएका छन् । चौहानले तीन हजार ९१ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका वशिष्ठनारायण प्रसाद कुर्मीले तीन हजार ७१ मत प्राप्त गरेका छन् । चौहानले कुर्मीलाई २० मतले पराजित गरि अध्यक्षमा निर्वाचित भएको गाउँपालिकाका निर्वाचन अधिकृत कैलाश दहालले जनाए । वीरगन्ज– पर्साको धोबिनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका मदन प्रसाद चौहान विजयी भएका छन् । चौहानले तीन हजार ९१ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका वशिष्ठनारायण प्रसाद कुर्मीले तीन हजार ७१ मत प्राप्त गरेका छन् । चौहानले कुर्मीलाई २० मतले पराजित गरि अध्यक्षमा निर्वाचित भएको गाउँपालिकाका निर्वाचन अधिकृत कैलाश दहालले जनाए ।  उपाध्यक्षमा कांग्रसकी मन्जु देवी निर्वाचित भएकी छन् । उनले निकटतम प्रतस्पर्धी जसपाकी प्रियंकादेवी यादवलाई ५५६ मतले पराजित गरिन् । मन्जुले तीन हजार १४३ मत ल्याउँदा प्रियंकाले दुई हजार ५७७ मत पाइन् । ०७४ सालको निर्वाचनमा धोबिनी गाउँपालिकामा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा तत्कालिन संघीय समाजवादी फोरमका उम्मेदवार विजयी भएका थिए । कांग्रेसका सुरेशप्रसाद कुर्मी (२१७६) र उपाध्यक्षमा फोरमबाट पारसनाथ कुर्मी (२४५९) निर्वाचित भएका थिए । वडामा कांग्रेस बलियो५ वटा वडा रहेको गाउँपालिकामा कांग्रेसले ३ र जसपाले २ वटा वडा जितेका छन् । वडा नं. १ मा कांग्रेसका बन्धु साह तेली(५७४), वडा नं. २ मा जसपाका देवेन्द्र प्रसाद कुर्मी (८७५) , वडा नं. ३ मा कांग्रेसका राजकिशोर कुर्मी (५७०), वडा नं. ४ मा कांग्रेसका अबास मिया चुरिहार र वडा नं. ५ मा पुन : मनौवर अहमद (८६०) मत ल्याई निर्वाचित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्