जिराभवानीमा ढल्यो लाल किल्ला

एमालेका रामपृत र उषा यसअघिको निर्वाचनमा एमालेबाट अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए ।

सम्वादाता | २०७९ जेठ ४ गते ०७: १२ मा प्रकाशित

वीरगन्ज– पर्साको जीराभवानी गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा विजयी भएको छ । कांग्रेसका अनोज चौधरीले निकटतम प्रतिद्धन्द्धी एमालेका रामपृत चौधरीलाई एक हजार २६१ मतले पराजित गरेका छन् । अनोजले ४ हजार ५६० मत पाए भने रामपृतले ३ हजार २९९ मत पाएका छन् । उपाध्यक्षमा कांग्रसकी रेखा चौधरीले एमालेकी उषादेवी थरुनीलाई एक हजार ७४५ मतले पराजित गरेकी छन् । रेखाले ४ हजार ७१० मत ल्याउँदा उषाले २ हजार ९६५ मत ल्याएकी छन् ।
एमालेका रामपृत र उषा यसअघिको निर्वाचनमा एमालेबाट अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए । हाल अध्यक्षमा विजयी भएका अनोज चौधरी पूर्व फर्मासिस्ट हुन् । वीरगन्जको एक औषधी उद्योगमा कार्यरत अनोज उम्मेदवारी मनोनयनको केही दिन अगाडि राजीनामा गरि निर्वाचनमा होमिएका थिए । उनका बुवा महादेव महतो थारु ०५४ सालमा सढेवा गाविस अध्यक्षमा निर्वाचित भएका थिए । ०७४ को निर्वाचनमा महादेव एमालेका रामपृतसँग गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । अनोजका काका पर्सा क्षेत्र नं. ४(क) का प्रदेश सभा सदस्य हुन् ।

 

प्रतिक्रिया दिनुहोस्