वाराको परवानीपुर गाउँपालिकामा एमाले विजयी

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा एमाले निर्वाचित भएको छ

सम्वादाता | २०७९ जेठ ३ गते ०९: ०६ मा प्रकाशित

वारा– वाराको परवानीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा एमाले निर्वाचित भएको छ । अध्यक्षमा एमालेका रामक्षेत्री पटेल दुई हजार नौ सय १७ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका जगत नारायण महतो दुई हजार चार सय ७४ मत ल्याएका छन । यस्तै उपाध्यक्षमा एमाले कि सुगान्धी देवी तीन हजार दुई सय ३२ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका सावित्रीदेवीले दुई हजार तीन सय ८७ मत ल्याएकी छन ।पाँच वडा रहेको गाउँपालिकामा दुई वडा एमालेले जितेको छ ।वडा नम्बर २ मा नेकपा एमालेका नुरुल होदा अन्सारी र वडा नम्बर ३ मा इब्राहिम मिया निर्वाचित भएका छन ।
नुरुलहोदा पाँच सय ८५ मत ल्याएर निर्वाचित भएका छन भने उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका सुरेश साह चार सय ८५ मत ल्याएका छन । यस्तै इब्राहिम ८ सय ८४ मत ल्याएर निर्वाचित हुदा उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका अनिल रामले ८ सय २१ मत ल्याएका छन ।

 

प्रतिक्रिया दिनुहोस्