कांग्रेसले टिकट नदिएपछि जसपा छिरेका कुर्मी वडाध्यक्षमा विजयी

मनोनयन दर्ताको एक दिन अगाडि मात्र उनी जसपा प्रवेश गरि चुनावी अभियानमा होमिएका थिए ।

सम्वादाता | २०७९ जेठ ३ गते ०८: ४४ मा प्रकाशित

वीरगन्ज–वीरगन्ज महानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार मनोज राउत कुर्मी विजयी भएका छन् । कुर्मीले ८ सय ५२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार ओमी गुप्ताले ७ सय ३३ मत हासिल गरेका छन् । लामो समयदेखि कांग्रेसमा रहेका कुर्मीले यसपाली वडाध्यक्षमा लड्ने चाहना प्रकट गरेका थिए । तर, वीरगन्ज महानगरका पूर्व सभापति र एकजना क्षेत्रीय सभापतिका कारण कुर्मीले टिकट पाउन सकेनन् । वीरगन्ज–वीरगन्ज महानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार मनोज राउत कुर्मी विजयी भएका छन् । कुर्मीले ८ सय ५२ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार ओमी गुप्ताले ७ सय ३३ मत हासिल गरेका छन् । लामो समयदेखि कांग्रेसमा रहेका कुर्मीले यसपाली वडाध्यक्षमा लड्ने चाहना प्रकट गरेका थिए । तर, वीरगन्ज महानगरका पूर्व सभापति र एकजना क्षेत्रीय सभापतिका कारण कुर्मीले टिकट पाउन सकेनन् ।  मनोनयन दर्ताको एक दिन अगाडि मात्र उनी जसपा प्रवेश गरि चुनावी अभियानमा होमिएका थिए । वीरगन्ज भन्सार एजेन्ट समेत रहेका कुर्मी वडा नम्बर एकमा समाजसेवीको रुपमा परिचय बनाएका छन् । लकडाउनको समयमा उनले सयौँ छपकैयावासीलाई निस्वार्थ सेवा गरेका थिए । उक्त वडामा २०७४ को चुनावमा कांग्रेसका मनोज गुप्ता निर्वाचित भएका थिए । 

प्रतिक्रिया दिनुहोस्