चुनावको मुखमा कांग्रेस परित्याग गरि एमाले प्रवेश गरेका यादव विजयी

निवर्तमान मेयर नितेन्द्र साहको वाडमा एमाले विजयी

सम्वादाता | २०७९ जेठ २ गते १२: १९ मा प्रकाशित

वीरगन्ज– पर्साको बहुदरमाई नगरपालिका ३ नगरदाहाको वडाध्यक्षमा एमालेका उम्मेदवार दिनेश यादव फराकिलो मतान्तरले विजयी भएका छन् । उक्त वडामा एमालेको प्यानलनै विजयी भएको छ । ७ सय ७१ मत ल्याई विजयी भएका यादवका प्रतिद्धन्द्धी जनता समाजवादी पार्टीका बीरेन्द्र साहले ५६० मत प्राप्त गरेका छन् । यसैगरि कांग्रेसका वडाध्यक्षका उम्मेदवार गेनालाल साहले ४ सय १९ मत ल्याएका छन् । नगरदाहा कांग्रेसबाट मेयरका उम्मेदवार नितेन्द्र साहको वडा हो । दिनेश यादव यसअघि कांग्रेसबाट वडाध्यक्षमा विजयी भएका थिए । यसपालीको निर्वाचनको उम्मेदवारी मनोनयन दर्ताको केही दिन अगाडि मात्र उनले कांग्रेस परित्याग गरि एमाले प्रवशे गरेका थिए ।
        बहुदरमाई नगरपालिकाको वडा तीनसम्मको मतगणनामा एमालेका शिव पटेलले २ हजार ४५, कांग्रेसका नितेन्द्र साहले २ हजार १७५ र जसपका सिंघासन साहले २ हजार २ मत प्राप्त गरेका छन् । कांग्रेसको पकड क्षेत्र मानिएको वडा एक, दुई र तीनमा निवर्तमान मेयर समेत रहेका नितेन्द्रले धेरै मतको अग्रता नलिएकाले अन्य वडामा एमाले वा जसपाका उम्मेदवार कांग्रेसभन्दा माथि उक्लिने राजनीतिक आकलन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्