ठोरी वडा नं. १ मा एमालेका थापा विजयी

निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नवराज फुँयालले ६ सय ३० मत प्राप्त गरेका छन् ।

सम्वादाता | २०७९ बैशाख ३१ गते २२: २४ मा प्रकाशित

वीरगञ्ज– पर्साको ठोरी गाउँपालिका– १ को अध्यक्षमा एमालेका धनमान थापा मगर निर्वाचित भएका छन् । ६ सय ५१ मत ल्याएर उनी वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

निकटम प्रतिद्वन्द्वी भन्दा २१ मत मात्रै बढी ल्याएर उनी निर्वाचित भएका हुन् । निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नवराज फुँयालले ६ सय ३० मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बनेका रामप्रकाश कुँवरले २० मत पाएका छन् । फुयाल कांग्रेस र माओवादी गठबन्धनमा कांग्रेसका उम्मेदवार दिए ।

अघिल्लो निर्वाचनमा गठबन्धनबाटै माओवादीले जितेको थियो । कुवँर वडा नं १ को निवर्तमान वडा अध्यक्ष हुन् । ०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका कुँवर ६ सय ८ मत ल्याएर निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्