वीरगन्ज– केही छिटफुट घटना बाहेक पर्सामा करिब ७० प्रतिशत मतदान भएको निर्वाचन कार्यालय पर्साले जनाएको छ । मूख्य निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसरा पर्सामा केही छिटफुट घटना बाहेक शान्तिपुर्ण रुपले मतदान सम्पन्न भएको छ । यसैगरि वीरगन्ज महानगरपालिकामा करिब ७५ प्रतिशत मत खसेको छ । केही छिटफुट घटना बाहेक महानगरपालिकाको ३२ वडामा शान्तिपूर्ण रुपमा मतदान भएको सहायक प्रमुख निर्वाचन अधिकृत जयप्रकाश काफ्लेले जनाए । महानगरको मतपेटिका पिपरा स्थित श्री नृसिंह माविमा रहेको मतगणनास्थलमा ल्याउने काम सुरु भएको छ । वीरगन्ज महानगरको मतगणना भोलि मत्र सुरु हुने अधिकारीले बताएका छन् । सबै केन्द्रबाट मतपेटिका संकलन गरेर महानगरमा आजै मतगणना गराउने सम्भावना कम भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जनाए ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्