जसपाका उम्मेदवारले बाड्दै गरेको छाता प्रहरी कब्जामा

मत हाल्न आएकालाई छाता बाड्दै भोट मागेपछि कांग्रेस र एमालेका उम्मेदवारले विरोध गरेका थिए ।

सम्वादाता | २०७९ बैशाख ३० गते ००: ०० मा प्रकाशित

वीरगन्ज– वीरगन्ज महानगरपालिका वडा नम्बर १० बालमन्दिरमा रहेको मतदान केन्द्र नजिकै मतदातालाई वितरण गर्न राखिएको दुई बोरा छाता विर्ता प्रहरीले बरामद गरेको छ । जनता समाजवादी पार्टी (जसपा) को बुथ कमिटिको कार्यालयबाट प्रहरीले सयौँको संख्यामा छाता बरामद गरेको हो ।

मत हाल्न आएकालाई छाता बाड्दै भोट मागेपछि कांग्रेस र एमालेका उम्मेदवारले विरोध गरेका थिए । प्रहरीले जसपाको बुथ अफिस खनतलासी गर्दा २ वटा ठूलो बोरामा छाता फेला परेको हो । जसपाको चुनाव चिन्ह छाता हो । रेल्वे रोडमा रहेको वडा नम्बर ८ को मतदान केन्द्रमा समेत जसपाका कार्यकर्ताले छाता वितरण गर्दा अन्य दलले होहल्ला गरेका थिए । विवाद चर्किएपछि प्रहरीले भीड तितर बितर गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्