वीरगन्ज– वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरको एमालेबाट वडाध्यक्ष हबीब मियालाई बदनाम गरि कानुनी जालोमा फसाउने षडयन्त्रको पर्दाफास भएको छ । परवानीपुरमा मतदातालाई चामल बाडेर प्रभावित पार्न खोजेको सूचनाको आधारमा प्रहरीले बिहीबार स्थानीय किराना पसलले उपेन्द्र गुप्तालाई नियन्त्रणमा लिएको थियो । प्रहरी कस्टडीमा रहेका गुप्तालाई रिहा गराउन वडाध्यक्षका उम्मेदवार मियाले दबाब दिइरहेको हल्ला समेत फैलाइएको थियो ।
तर, जब प्रहरी अनुसन्धानमा चामल वितरण गरेको केही प्रमाण भेटिएन् अनि केही समयको अन्तरालमै गुप्तालाई प्रहरीले रिहा गरिदिएको छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले मतदातालाई चामल वितरण गरेको प्रमाण फेला नपरेपछि गुप्तालाई रिहा गरिएको जानकारी दिए । चुनावको मुखमा विपक्षी उम्मेदवारलाई फसाउने नियतले गलत सूचना दिएर दबाबका लागि बाहिर मिडियाबाजी गराएको प्रहरीले अधिकारीको बुझाई छ । निवर्तमान वडाध्यक्ष समेत रहेका हबिब मियाले केही व्यक्ति नियतवश आफूलाई बदनाम गराउन लागि परेको प्रतिक्रिया दिएका छन् ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्