आफूलाई बाहुबली नेताको रुपमा वीरगंजबासीहरू समक्ष पहिचान बनाएका राजेशमान सिंह र पर्साका सांसद प्रदीप यादवको जोडीले मच्चारहेको उत्पातले अन्ततः विजय सरावगीलाई नै फाइदा पुग्ने नागरिक अगुवाहरुले लख काट्न थालेका छन् ।
वीरगंज, २७ वैशाखर– सोमबार राती नगवामा एमालेका मेयरका उम्मेदवार एवं निवर्तमान मेयर विजय कुमार सरावगीमाथि भएको सुनियोजित घटनाले वीरगंजवासीको मथिंगल हल्लाईदिएको छ । आफूलाई बाहुबली नेताको रुपमा वीरगंजबासीहरू समक्ष पहिचान बनाएका राजेशमान सिंह र पर्साका सांसद प्रदीप यादवको जोडीले मच्चारहेको उत्पातले अन्ततः विजय सरावगीलाई नै फाइदा पुग्ने नागरिक अगुवाहरुले लख काट्न थालेका छन् । १० दिन अगाडि सांसद यादवले महानगरको मेयर भएपछि कमाएको ५० करोड रुपैयाँ कुमारी बैंकमा फिक्सड डिपोजिटको क़ुरा राखे जसको कुनै प्रमाण भेटीएन, देखिएन । त्यस्को दुईदिन पछि सरावगीले रातीराती सम्सानघाटमा पूजा गरेको आधारहीन आरोप सांसद यादव र उनका समर्थकहरूले लगाए, सामाजिक संजालमा व्यापक विरोध हुन थालेपछि राजेशमान र सांसद यादवका समर्थकहरू आआफ्नो फेसबुक वालबाट पोस्ट डिलीट गरे ।
सोमबार राती नगवामा सरावगीले पैसा बाँडन काँग्रेसी नेताको घरमा गएको भनि दुष्प्रचार गरियो । गठबन्धनको बलमा चुनाव जित्न खोज्ने राजेशमान र प्रदीप यादवको टोलीले गठबन्धनका सहयात्री नेपाली काँग्रेसमाथि निरन्तर प्रहार गरिरहेका छन् । भोजपुरीमा एउटा उखान छ, ‘जेकर घुरा तापेके ओकरे ‘....ड दागेके” नेपाली काँग्रेसको बलमा चुनाव जित्न खोज्नेले आफ्ना सहयात्री दल नेपाली काँग्रेसको जसपाका नेताहरुले उछितो काढ्नु कत्तिको जायज हो र? नगरवासीले प्रश्न गरिरहेका छन् । सोमबार राती विजय सरावगी मोटरसाइकलमा बसेर नगवातर्फ जाँदा १०/१२ वटा मोटरसाइकिलमा उनको पीछा गर्न थालियो । हुन सक्ने हुल हुज्जतबाट जोगिन कृष्ण चौरसियाले नातामा मामा पर्ने विनोद चौरसियाको घरमा शरण माग्न पुगे ।
सुतिरहेका बिनोद चौरसियाले उठेर विजय सरावगीलाई देखेपछि किन आउनु भयो भनि सोध्दा विजय सरावगीले जवाफ फर्काउने नपाउँदै धमाधम बाहिरबाट गेटमाथि लाती हानेर सैयौंको संख्यामा जसपाका समर्थक कार्यकर्ताहरूले नाराबाजी गर्न थाले । विहान हुनासाथ राती गरिएको नाटक मंचनको वास्तविकता जनसमक्ष पुगेपछि गठबन्धन तर्फ रहेको रुझान सरावगी तर्फ देखिन थालेको छ । सांसद प्रदीप यादव र राजेशमान सिंहका ‘चेला”हरूले गरेको ताण्डव नृत्यको विरुद्ध सरावगीद्वारा मंगलबार वीरगन्जमा आयोजित रोड सोमा व्यापक सहभागिता देखाएर आफ्नो मत प्रकट गरेका छन् ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्