सरावगीले पैसा बाँडेको आरोप निराधार, आरोपको खेतीमा आत्मरति खोज्दै ५ दलीय गठबन्धन

पर्साका एसपी रमेश बस्नेतले आरोप लगाइएजस्तो रकम फेला नपरेको बताइसकेका छन् ।

सम्वादाता | २०७९ बैशाख २७ गते १८: २१ मा प्रकाशित

वीरगन्ज–वीरगन्ज महानगरमा नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीले मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोप निराधार रहेको पुष्टि भएको छ । जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंहलाई मेयरको उम्मेदवार बनाएको पाँच दलीय गठबन्धनले मंगलबार विज्ञप्ति निकालेर एमालेका उम्मेदवार सरावगीले मतदाता प्रभावित पार्न पैसाको चलखेल गरेको आरोप लगाएको छ ।
तर, सोमबार राति पैसा बाँड्न गएको भन्दै राजेशमानका कार्यकर्ताले सरावगीलाई स्थानीय विनोद चौरसियाको घरमा घेरा हालेर सांघातिक आक्रमणको प्रयास गरेका थिए । तर, पर्साका एसपी रमेश बस्नेतले आरोप लगाइएजस्तो रकम फेला नपरेको बताइसकेका छन् ।
जसपाका कार्यकर्ताले घर घेरा हालेपछि राजेशमान र पर्सा क्षेत्र नं. १ का सांसद समेत रहेका नेता प्रदीप यादवले पर्साका एसपीलाई घरमा छापा मार्न दबाब दिएका थिए । प्रहरी र केही सञ्चारकर्मीहरुसमेत घरमा पसेर खानतलासी लिँदा आरोप लगाएजस्तो रकम फेला नपरेको प्रहरीले बताइ सकेको छ । सरावगीको शरीर र उनी बसेको ठाउमा प्रहरीले खोजतलाश गर्दा आरोप लगाएजस्तो पैसा फेला नपरेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बस्नेतले जानकारी दिए ।
‘उहाँ बसेको ठाउँमा र उहाँको शरीरबाट पैसा बरामद नभएपछि हामीले उहाँलाई सकुशल घर पुर्याएका हौं,’ उपरिक्षक बस्नेतले भने, ‘पैसा बाड्न हिडेको भन्ने कुरालाई पुष्टि गर्ने आधार केही फेला परेन ।’ जिल्लाको प्रहरी प्रमुखले नै पैसा बाँडेको कुनै आधार फेला नपरेको बताइसक्दा पनि ५ दलीय गठबन्धनले विज्ञप्तिमार्फत आरोप लगाउनु निर्वाचनको निष्पक्षता माथि प्रभाव पार्ने खेल भएको एमालेले बताएको छ ।

निराधार आरोपलाई उछालेर चुनावको स्वच्छतामा आँच पुर्यामउने जसपाको कुत्सित उद्देश्यको एमालेले भत्र्सना गरेको छ । जसपाका कार्यकर्ताले घर घेरा हालेर आक्रमणको प्रयास गरेपछि प्रहरीले ३ घण्टापछि उद्दार गरेर सरावगीलाई उनको घरमा पुर्योएको थियो । (साभार : समता अनलाइन)

प्रतिक्रिया दिनुहोस्