वीरगन्ज, २५ बैशाख – वीरगन्ज महानगरको नेकपा एमालेका मेयर उम्मेदवार विजय कुमार सरावगीले बाहुबली र गुण्डागर्दीलाइ बढावा दिनेहरुबाट सचेत रहन मतदाताहरुसंग अपिल गरेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ नगवामा आयोजित चुनावी सभालाइ सम्बोधन गर्दै सरावगीले जसपाका उम्मेदवारलाइ लक्षित गर्दै बाहुबली र गुण्डागर्दीलाइ बढावा दिनेहरुबाट सचेत रहन मतदाताहरुलाइ आग्रह गरेका हुन् । उनिहरुसंग वीरगन्जको विकासको कुनै एजेण्डा नै नभएको जिकिर गर्दै सरावगीले बाहुबल र गुण्डागर्दी मात्र उनिहरुको पहिचान भएको आरोप लगाए । सरावगीले भने , ‘विपक्षीहरु जनतालाइ औंला देखाएर भाषण गर्दैछन् , औंला तोडि दिन्छु भन्छन् , भाषण गर्दा पनि बाहुबलीकै शैली अपनाइरहेका छन् ।’ हामी दुइ जना मिलि सक्यौ अब हामी सबैलाइ देखाइ दिन्छौ भन्दै हिडेकाहरुसंग वीरगन्जको विकासका लागि भने कुनै एजेण्डा नरहेको भन्दै सरावगीले भने , ‘विपक्षीहरुले वीरगन्जलाइ लुट्ने , वीरगन्जमा गुण्डागर्दीलाइ बढावा दिने संकल्प मात्र लिएका छन् , त्यो भन्दा अरु केहि भिजन छैन उनिहरुसंग । ठेक्कामा लिए बापत स्वीमीङ पुल र मिना बजार कम्प्लेक्सको करोडौं बक्यौता रकम अहिले सम्म पनि महानगरपालिकालाइ नतिरेको आरोप पनि सरावगीले लगाए । योसंगै सवारी करको ठेक्कामा मुद्धा हारेपछि महानगरपालिकालाइ तिर्नु पर्ने १ करोड ५० लाख रुपैया पनि अहिले सम्म नबुझाएको सरावगीले आरोप लगाए । सरावगीले भने , ‘जुन मान्छेले महानगरपालिकाको ६/७ करोड रुपैया खाएर बसेको छ त्यो मान्छे यदि मेयर बन्यो त्यसले वीरगन्जको के विकास गर्छ ? जनताले यो कुरा बुझन जरुरी छ ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्