चतुर्वेदीले पनि गठबन्धनका साझा मेयर पदका उम्मेदवार राजेशमान सिंहलाई छाता र उमपेयर पदका उम्मेदवार इम्तियाज आलमलाई रुख छापमा मतदान गर्न र वडामा आफ्नो प्यानलका सम्पूर्ण उम्मेदवारलाई छाता छापमा मतदान गर्न आग्रह गरे
वीरगञ्ज २५ वैशाख । जनता समाजवादी पार्टी नेपाल वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया कमिटिले आयोजना गरेको घरदैलो कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको छ । वैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर जसपा वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ को तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार आशुतोष चतुर्वेदीको नेतृत्वमा आइतबार आयोजना गरिएको घरदैलो कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको हो ।
कार्यक्रममा पाँच दलीय गठबन्धनको तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंह लगायत जसपाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पदका साझा उम्मेदवार राजेशमान सिंहले वडा नम्बर २५ र समग्रमा वीरगञ्जको विकासको एजेण्डा बोकेर अगाडि बढेको जसपाको जित निश्चित रहेको दाबी गरे । जनताको सेवक बनेर निर्वाचित भएर गएका जनप्रतिनिधिहरुको कुर्सिमा पुगेर राजा बनेको आरोप लगाउँदै वडा अध्यक्ष उम्मेदवार आशुतोष चतुर्वेदीले सिर्सिया गाउँको विकास र समृद्धि जसपाको नेतृत्वमा मात्र सम्भव भएको बताए । चतुर्वेदीले पनि गठबन्धनका साझा मेयर पदका उम्मेदवार राजेशमान सिंहलाई छाता र उमपेयर पदका उम्मेदवार इम्तियाज आलमलाई रुख छापमा मतदान गर्न र वडामा आफ्नो प्यानलका सम्पूर्ण उम्मेदवारलाई छाता छापमा मतदान गर्न आग्रह गरे । कार्यक्रममा जसपाका नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्