राजनीतिको नाममा गुण्डागर्दी र बीरगंजलाई बर्बाद गर्न लागि परेकाहरुलाई कुनै पनि हालतमा जिताउनु हुन्न् : पूर्व मन्त्री विमल श्रीवास्तव

चार पटक सम्म बीरगंजको मेयर बनिसक्नुभएको श्रीवातस्तबले बिकास र बिरगंजको भबिष्य कस्तो बनाउने भन्ने चित्र आफुहरुसँग भएकोले एमाले र लोसपाको गठनबन्धलाई मतदान गर्न समेत आग्रह गर्नुभयो ।

सम्वादाता | २०७९ बैशाख २४ गते २१: ०९ मा प्रकाशित

वीरगञ्ज, २४ बैशाख – पूर्व मन्त्री एवं प्रतिनिधि सभाका सदस्य बिमल प्रसाद श्रीवास्तबले वीरगंजलाई बिकास र परिवर्तन चाहानेहरुले मेयरमा बिजय कुमार सरावगी र उप मेयरमा पुरुषोत्तमलाल झालाई मतदान गर्न आग्रह गर्नुभएको छ । चार पटक सम्म बीरगंजको मेयर बनिसक्नुभएको श्रीवातस्तबले बिकास र बिरगंजको भबिष्य कस्तो बनाउने भन्ने चित्र आफुहरुसँग भएकोले एमाले र लोसपाको गठनबन्धलाई मतदान गर्न समेत आग्रह गर्नुभयो । नेता श्रीवास्तबले अरुले चुनाव जितेमा वीरगञ्ज महानगर पालिका ठेक्का पट्टा र अराजक झुण्डमा परिणत हुने भएकोले आफुहरु संलग्न रहेको दल र एमालेले मात्र जित्नुपर्ने अन्यथजा बीरगंज बर्बादमात्र हुने धारणा राख्नुभयो ।
           उहाँले राजनीतिको नाममा गुण्डागर्दी र बीरगंजलाई बर्बाद गर्न लागि परेकाहरुलाई कुनै पनि हालतमा जिताउनु नहुने धारणा राख्नुहुँदै बिकास र समृद्धि सरावगी नेतृत्वको टीमले मात्र गर्न सक्ने धारणा राख्नुभयो । स्थानीय महाबीर स्थानमा आयोजित कोणसभालाई सम्बोधन गर्दै राप्रपाका नेता तथा पुर्ब मन्त्री राजीब पराजुलीले सरावगी जस्तो भद्र र सहज मानिसले चुनाव जितेको खण्डमा मात्र समाजको प्रतिष्ठा माथी उठने भएकाले सोही दललाई जिताउने आवश्यक रहेको धारणा रहेको धारणा समेत राख्नुभयो । उहाँले पाँच दलिय गठबन्धन मुलुक र जनताको लागि पनि अभिषाप भएको हु्नाले सोही अनुरुप कुरा बुझेर बिरगंजको बिकासको लागि कुनै कसर बाँकी नराख्ने गरि अघि बढ्न समेत आग्रह गर्नुभयो । उहाँले आफुहरुसंग घरदैलो कार्यक्रममा आएका एक समूहले नेका र जसपाको उम्मेदवारालाई समर्थन गरको भन्ने गलत समचार सम्प्रेषण गरेर परजीत मानसिकता प्रदर्शन गरेको आरोप समेत लगाउनु भयो ।
             कार्यक्रममा उहाँले आफुहरुको समर्थन एमालेका उम्मेदवार र लोसपाका उम्मेदवारालाई जिताउन आवश्यक रहेको धारणा राख्नुभएको थियो । कार्यक्रममा नपाका पूर्व प्रमुख प्रदिप सुबेदीले आफुहरु देश र जनताको लागि एमालेको गठबन्धनलाई जिताउन लागि परकोले सोही अनुरुप भएको खण्डमा मात्रै बिकास र समृद्धिको मार्ग पहिल्याउन सहज हुने भएकोले साही अनुरुप गर्न आवश्यक रहेको धारणा समेत राख्नुभयो । कार्यक्रममा वीरगञ्ज महानगरपालिकाको प्रमुख पदका उम्मेदवार बिजय कुमार सरावगीले डन बादलाई आफुले कुनैपनि अर्थमा प्रश्रेय नदिने धारणा राख्नुहुँदै नयाँ नेपाल निर्माणको परिकल्पना बोकेको एमाले र लोसपाका उम्मेदवारलाई जिताउन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा उपप्रमुखका उम्मेदवार पुरुषोत्तम लाल झाले अब कसैको पनि धाक धम्की र बाहुबलीलाई अब जनताले कुनैपनि हालतमा स्वीकार नगर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्षका उम्मेदवारहरु धु्रव लाठ र जयप्रकाश साहको पनि सहभागिता रहको थियो । कार्यक्रमको सञ्चालन केशब भण्डारीले गर्नुभएको थियो । यसैबीच आजै वीरगञ्ज नपाको नगवमा बिशाल मोटरसाइकल र्‍याली सम्पन्न भएको छ । मेयर सरावगी नेतृत्वको र्‍यालीले नगरको बिभिन्न भागको परिक्रमा गरि कोणसभा समेत सम्पन्न भएको थियो । सभामा हजरौंको सहभागिता रहेको थियो । सभालाई नगवाका बासिन्दाले।यस पटक एमाले पक्षमा नयाँ इतिहास निर्माण गर्ने धारणा समेत राखिएको थियो । कार्यक्रममा एमालेका उम्मेदवारहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्