राजेशमान सिंहलाई सहयोग गर्ने समाचार आधारहीन : पूर्वमन्त्री पराजुली

वीरगन्जको एकअनलाईन सञ्चार माध्यममा पूर्वमन्त्री पराजुली र पूर्वमेयर सुवेदीले पनि गठबन्धन उम्मेदवारलाई जिताउने शीर्षकमाआएको समाचार प्रति आपत्ति जनाउँदै उक्त सञ्चारमाध्यमलाई पीतपत्रकारिता नगर्न सचेत गराउनु भएको छ ।

सम्वादाता | २०७९ बैशाख २४ गते १८: ४२ मा प्रकाशित

 

वीरगन्ज–राप्रपा नेपालका उपाध्यक्ष राजीव पराजुलीले पााचदलीय गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने विषयमा आएको समाचारको घोर भत्र्सना गर्नुभएको छ । शुक्रबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर ३ काउम्मेदवार शुशील कण्ठ (बमबम) को घरदैला ेकार्यक्रम गरेर फर्किने समय माग गठबन्धनका उम्मेदवार राजेशमान सिंह सँग भएको भेटको सन्दर्भमा लेखिएको समाचार तथ्यहीन र भ्रामक भएको स्पष्ट पार्नुभएको हो ।
       वीरगन्जको एकअनलाईन सञ्चार माध्यममा पूर्वमन्त्री पराजुली र पूर्वमेयर सुवेदीले पनि गठबन्धन उम्मेदवारलाई जिताउने शीर्षकमाआएको समाचार प्रति आपत्ति जनाउँदै उक्त सञ्चारमाध्यमलाई पीतपत्रकारिता नगर्न सचेत गराउनु भएको छ । उहाँले भन्नुभयो, “एमाले र राप्रपा नेपाल गठबन्धनका उम्मेदवार शुशील कण्ठको घरदैलो कार्यक्रमबाट फर्किएर चियाखादै थियौं । त्यही समयमा राजेशमान सिंह सहितका व्यक्तिहरु आए । फोटो त खिचेका थिए कसैले दूरुपयोग गर्लाभन्ने लागेको थियो आखिर त्यहिभयो ।” वाहियात र मन गढन्ते समाचार सम्प्रेषणनगर्न उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ ।
         बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपाएमालेसाग देशभर राप्रपा नेपालको गठबन्धन रहेको र सोही क्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का उम्मेदवार शुशील कण्ठलाई जिताउन घरदैलो कार्यक्रममा हिडेको उहााले बताउनुभयो । उहाँले यस्ता भ्रमितपार्ने समाचारबाट सचेत हुनपनि सम्पूर्ण एमाले र राप्रपा नेपालको गठबन्धन तथामतदातासागआग्रहगर्नुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्