पर्साको १६७ मतदान स्थलमा ४०४ वटा मतदान केन्द्र

सबैभन्दा बढी वीरगंज महानगरपालिकामा ५५ वटा मतदान स्थल र १४३ वटा मतदान केन्द्र

सम्वादाता | २०७९ बैशाख २३ गते १२: ०० मा प्रकाशित

पर्सा– पर्साका १४ वटा स्थानीय तहमा १६७ वटा मतदान स्थल र ४०४ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कायम गरिएको मतदान स्थल तथा मतदान केन्द्रमध्ये सबैभन्दा बढी वीरगंज महानगरपालिकामा ५५ वटा मतदान स्थल र १४३ वटा मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन कार्यालय पर्साकी प्रमुख रञ्जीता झाले बताइन् ।
सबैभन्दा कम पकाहामैनपुर गापामा छवटा मतदान स्थल र १५ वटा मतदान केन्द्र निर्धारण गरिएको उनले बताइन् । त्यसैगरी पोखरिया नपामा ११ वटा मतदान स्थल र २४ वटा मतदान केन्द्र, बहुदरमाई नपामा ११ वटा मतदान स्थल र २८ वटा मतदान केन्द्र तथा पर्सागढी नगरपालिकामा १२ वटा मतदान स्थल र २७ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
विन्ध्यवासिनी गाउँपालिकामा नौवटा मतदान स्थल र २० वटा मतदान केन्द्र, पकहामैनपुर गापामा छवटा मतदानस्थल र १५ वटा मतदान केन्द्र, धोबिनी गापामा सातवटा मतदान स्थल र १६ वटा मतदान केन्द्र, छिपहरमाई गापामा आठवटा मतदान स्थल र २० वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
कालिकामाई गापामा नौवटा मतदान स्थल र १८ वटा मतदान केन्द्र, जगरनाथपुर गापामा ११ वटा मतदान स्थल र २३ वटा मतदान केन्द्र, जीराभवानी गापामा ११ वटा मतदान स्थल र २३ वटा मतदान केन्द्र, पटेवासुगौलीमा आठवटा मतदान स्थल र १७ वटा मतदान केन्द्र, सखुवाप्रसौनी गापामा सातवटा मतदान स्थल र २१ वटा मतदान केन्द्र तथा ठोरी गापामा सातवटा मतदान स्थल र १७ वटा मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन प्रमुख झाले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्