सखुवाप्रसौनीमा परिवर्तनको संकेत

प्रदीप जयसवाल मतदाताको प्रश्नको घेरामा

सम्वादाता | २०७९ बैशाख २३ गते ११: ४५ मा प्रकाशित

वीरगन्ज– पर्साको सखुवा प्रसौनी गाउँपालिकाको अवको नेतृत्वकालागि तीन जना युवा उम्मेदवार मैदानमा उत्रिएका छन । नेकपा एमालेबाट यशवन्त यादव चुनावी मैदानमा छन । नेपाली कांग्रेसले युवा नेता शैलेन्द्र यादवलाई अगाडि सारेको छ । जनता समाजवादी पार्टीले प्रदीप जयसवाललाई मैदानमा उतारेको छ । जयसवाल निर्वतमान गाउँपालिका अध्यक्ष हुन ।
निर्वतमान अध्यक्ष भएको नाताले जयसवाललाई दर्जनौ सवालको सामाना गर्नु परिरहेको छ । अन्य दुई युवा नेताहरु गाउँपालिकाको समृद्धि र बिकासका सपना बोकेर मतदाताको घरदैलोमा जादै छन । उनीहरुलाई निर्वतमान अध्यक्षले केही गर्न नसकेको भन्दै मतदाता रिजाउन पाउने सुविधा भने छ ।
जयसवाललाई यो साढे चार वर्षको अवधीमा कैयौ पटक भ्रष्टाचार गरेको अरोप लागेको छ । उनकै बोर्डका उपाध्यक्ष सहित वडाध्यक्षहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी गरेका छन । उनी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा स्थित कार्यालयमा ०७७ भदौ २६ मा उजुरी परेको छ । स्थानीय तह संचालन ऐन ०७४ ले अस्थानीय तहले आफ्नो अधिकार क्षेत्र भित्र काम गर्न ऐनको निर्माण त्यसको अधिनमा रही निर्देशिका,कार्यबिधि,मापदण्ड बनाएर काम गर्नु पर्ने उल्लेख छ तर सखुवा प्रसौनी गाउँपालिकाले त्यस्तो नगरेको महालेखा परिक्षकको कार्यालय पनि आफनो प्रतिवेदनमा उल्लेख गरेको छ ।
पछिल्लो कार्याकालमा सखुवा प्रसौनी गाउँपालिकामा भएका निर्माणका कामको र त्यसमा प्रयोग भएको समानको गुणस्तरीयताको मापन नभएको महालेखाको प्रतिवेदनले उल्लेख गरेको छ । गाउँपालिकाले बन्द संसकारको बिकास गर्न खोजेको देखिन्छ । सूचना माँग गर्दै सूचना अभियान्ताहरुले माँगेका कतिपय सूचना नदिएर गाउँपालिका समाचारको शिखरमा पुगको थियो । गाउँपालिका जनताको रकमको प्रयोगले संचालन हुने बिकास तथा प्शासनकी कामको बारेमा पारदर्शीता अपनाउनु पर्ने अड्डा हो तर सखुवा प्रसौनी गाउापालिकाले एउटा सूचना अधिकारी समेत नतोकेर पारदर्शी संस्कृतिको बिकासमा आफू अनुदार रहेको देखायो आज मतदाताले निर्वतमान अध्यक्ष जयसवाललाई यि यस्तै प्रश्नहरु उठाएर जवाफ माँग गरिरहेका छन ।
आर्थिक वर्ष शुरु हुनु भन्दा पहिला गाउँपालिकाले १५ दिन अगावै निर्माण समाग्रीमूल्य ,भाडा, ज्याला, तथा अन्य महशुलको न्यूनतम दर रेट तोक्नु पर्ने कानूनी ब्यवस्था पालना नगरेको देखिन्छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६५ ६६ र ६७ मा स्थानीय राजस्व परामर्श समिति,स्रोत अनुमान र बजेट निर्धारण समिति तथा कार्यक्रम तर्जुमा समिति गठनको प्रवन्ध गरेकोमा सखुवा प्रसौनी गाउँपालिकाले यस्तो अभ्यास नगरी मनपरी गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । कानूनी प्रवन्धहरुलाई पालना नगरि मनपरि गर्नु नै पदीय मर्यादा र आचरण भन्दा बाहिरको कुरा भएकोले त्यो पनि भ्रष्टाचार हो अहिले जयसवाललाई यस्तै प्रश्न गरे बिपक्षीले घेरा हालेको छ भने उनी जवाफ दिनबाट बच्न खोज्दै छन ।
बिपक्षको जर्वजस्त घेराबन्दी र मतदाताको रुझानले नेतृत्वको परिर्वतनलाई संकेत गरेको स्थानीय बुद्धिजीवीको टिप्पणी रहेको छ । हिजोको निर्वाचनमा देखिएको जनमतमा बदलाव आएको छ । हिजो एमालेबाट प्रत्यासी रहेका निर गिरी आज एमालेमा छन । जसपाबाट उपाध्यक्ष जितेकी फूलमती थारु एमालेबाट उपाध्यक्षमा प्रतिस्पर्धामै छिन । मधुवन मथौलका पूर्व अध्यक्ष लालदेव उराव जसपामा प्रवेश गरेका छन । हिजो स्वतन्त्रमा अध्यक्षको प्रत्यासी रहेका यसवन्त यादव आज एमालेबाट प्रतिस्पर्धामा उत्रेका छन । हिजोको जनमतमा आएको बदलावसंगै सखुवा प्रसौनीमा अहिलेको नेतृत्व परिर्वातनकालागि आन्तरिक रुपमा नयाँ समकिरणहरु बनेको र त्यसले परिणमालाई परिर्वतन तर्फ लैजाने स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्