बहुदरमाई नगरपालिकामा शिव पटेलको पलडा भारी

मेयर नितेन्द्रसँग ५ वर्षको विकास खोज्दै मतदाता

सम्वादाता | २०७९ बैशाख २२ गते १९: ४५ मा प्रकाशित

वीरगन्ज– वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन आउन एक साता बाँकी छ । टोल टोलमा अहिले प्रभावशाली उम्मेदवारको चर्चा हुन थालेको छ । जित्न सक्ने उम्मेदवारको अड्कलबाजी सुरु भइसकेको छ । लामो समयदेखि मधेश केन्द्रीत दलमा रहि राजनीति गरेका शिव पटेल पछिल्लो समय नेकपा एमालेमा प्रवेश गरि बहुदरमाई नगरपालिकाको मेयरमा कडा प्रतिस्पर्धा दिइरहेका छन् । बहुदरमाई नगरपालिकामा रुख छापबाट २०७४ मा निर्वाचित मेयर नितेन्द्र साहको चुनावी स्थिती दिनहु खस्किदो स्थितीमा रहेको छ । साह यतिखेर निकै अतालिएको उनका आसेपासेहरुनै विभिन्न चौकहरुमा भन्ने गरेका छन्। पाँच वर्षको अवधिमा विकासको नाममा करोडो करोडौ खर्चेको ढ्याङग्रो बजाएको भएपनि उनीसंगै बेलुकी पख टेबुलमा रमाउने बाहेक अरुले त्यसलाई फेक समाचार बाहेक अरु थोक नभएको विश्वास यतिखेर बलियो हुदै गएको छ । आफ्नो घरदैलो कार्यक्रममा केही थान कार्यकर्ताहरुलाई संगै हिडाएपनि केही गाउहरुबाट मुख छोपेर भाग्नु परेको स्थिती धेरै भएको छैन ।                   

             हालसालै बहुदरमाई नगरपालिका वडा नं २ सिसियाडी बैरियाका मतदाताहरुले पाँच वर्षको विकास खोई ? भनि जवाफ माग्दा त्यहाँबाट भाग्नु पर्ने स्थिती उनको लागि यतिखेर सम्म पनि बिर्सन लायक नभएको उनीसंग गएका टेबुलमा रमाउने उनका दौतेरीले सुनाएका हुन् । त्यसैगरी नितेन्द्र साह वडा नं ८ रामनगरीबाट पनि गाडीबाटै नओर्ली त्यतिकै फर्केर हिडेको चर्चा त्यस गाउँमा रुमलिएको छ । गत निर्वाचनमा रामनगरी साहको लागि वर्दान सावित भएको थियो भने यतिखेर त्यही गाउँ उनको लागि आफ्नै हर्कतले अबिसाप बनेको छ । वडा नं ७ फुलकौल पनि उनको लागि यतिखेर सहज देखिदैन । हिजै मात्र बहुदरमाई ५ पटनी बलीरामपुरबाट साह मुख छोपेर भागेको देखेर त्यस गाउका किसान बागर राउत अचम्मीत भएका थिए । उनीहरु पनि निवर्तमान मेयर नितेन्द्र साहसंग विकास खोज्दै प्रश्न तेर्साका थिए ।

                यसैगरी आज उनकै वडा नं ३ को पदमौल टोलमा त्यहाँका महिलाहरु उनको ईज्जतमाथि तातेको पानी खन्याई दिएको बिर्जा मियाँ धक्क नमानी बताएका हुन् । शम्भु रौनियार पनि आफ्नो झोलाभरी विकास खोज्दै साह छेउ पुग्दा साह बटारिएर भागेको कुरा रौनियारले यस अनलाइनलाई बताएका हुन् । त्यस उसले गत निर्वाचनमा हुर्किएको रुख पाँच वर्ष पछि साहको विकासको राप तापले सुक्दै कुनै बेला ढल्न सक्ने गत विर्नाचनमा उनी संगै वडा नं ३ का सहयात्री रुख छापबाट विजयी भएका दिनेश यादव यतिखेर आफ्ना सयौं समर्थकहरु सहित एमालेमा प्रवेश गरेको दिन देखि उनको उक्लिएको ग्राफ एकाएक झरेको उनकै सहोदर दाजु भन्न लाज मानेनन् । तथापी नितेन्द्र साह यसपालीपनि जसरी भएपनि चुनाव जित्ने सुरमा लागेको देखिन्छ । निर्वाचनलाई आफ्नो पक्षमा प्रभावित तुल्याउन करोडौ करोडको बजेट पानी सरह बगाउने उनी भित्र अपवित्र सोच पलाएको सुनिन्छ पनि । निर्वाचनको मिति नजिकिदै जाँदा पैसा र साडी बाड्ने उनको पुरानै चर्तिकला हो । हाल सालै ईस्लाम धर्मावलम्बीहरुको महान चार्ड ईदमा लाखौको दुध, सेवई र चिनी र संगसंगै केही थान महिलाहरुले लगाउने साडीपनि वितरण गरेको मुस्लिम टोलमा बाक्लै चर्चा पनि छ । एमालेका मेयर पदका उम्मेदवार शिवपटेल तथा उनका अन्य विभिन्न वडाका सहयोगीहरु साहको उक्त हर्कतलाई रोक्न सके भने बाजी एमालेकै हातमा पर्ने यतिखेरको स्थितीले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्