वीरगन्ज महानगर उपमेयरको स्वतन्त्र उम्मेदवार रम्भा मिश्रको घरदैलो अभियानमा तीव्रता

कुनै महिलालाई समस्या भए समस्या बुझने महिलानै चाहिन्छ ।

सम्वादाता | २०७९ बैशाख २२ गते १८: १६ मा प्रकाशित

वीरगन्ज– आसन्न स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरमा उप मेयरको स्वतन्त्र उम्मेदवार रम्भा मिश्रले घरदैलो अभियानलाई तीव्रता दिनु भएको छ । गुलाफ छाप चुनाव चिन्ह लिदै महानगरको विभिन्न वडाहरुको घर घर पुग्नु भएको छ । चुनावी जस्तो सुकै परिस्थती भए पनि नगरवासी महिला, पुरुष, यूवा सबैबाट सहयोग साथ पाउने उहाले आशा व्यक्त गर्नु भएको छ । आज वीरगञ्ज महानगरको ग्रामिण २४ र २५ वडा लगायत ईनरवा, नगवामा घरदैलो कार्यक्रममा बोल्दै मिश्रले राजनितीमा महिलाहरुलाई जहिले पनि विभेदमा परीएको बताउनु भयो ।                       यसपाली पनि अधिकान्स दलहरु प्रमुख र उप प्रमुख पदमा उम्मेदवारीका लागी टिकट समेत नदिनु महानगरको दु्रभाग्य रहेको बताउनु भयो ।  कुनै महिलालाई समस्या भए समस्या बुझने महिलानै चाहिन्छ । नगरवासिको चाहना अनुसनर आफु उम्मेदवारी दिएको बताउनु भयो । विभिन्न ठुला पार्टीहरुको सामना गर्दै विभिन्न चुनौती, वाधा अडचन भए पनि घर घर सबैको माया र आर्शिवादको लागी आएको भन्दै यसपलिको उप मेयरमा गुलाफ छापमा मतदान गर्न आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्