बिन्दवासीनी पाइप प्रकरण, आफना उम्मेदवारलाई बदनाम गर्न खोजिएकोले भ्रममा नपर्न एमालेको अपिल

पार्टीको उम्मेदवारलाई बदनाम गर्न नियोजीत रुपमा काम गरिएको भन्दै त्यस्ता भ्रमपूर्ण खवरमा सत्यता नरहेकोले महानगरवासीलाई भ्रममा नपर्न अपिल गर्नुृ भएको छ

सम्वादाता | २०७९ बैशाख १८ गते २२: ०५ मा प्रकाशित

वीरगन्ज– निर्वाचन आचार संहिता अनुगमन समितिको आग्रहमा प्रहरीले बीरगंज महानगरको वडा नं १९ बिन्दबासिनी बाट बितरण गर्न लागिएको भन्दै चापाकलको पाइप नियन्त्रणमा लिएको छ । प्रदेश सभाका सदस्य लोसपा पर्साका इन्चार्ज रमेश कुर्मीको संसदीय क्षेत्र बिकास कोषको सुविधा अन्र्तगत बितरणकोलागि पूर्व स्वीकृत कार्यक्रम अन्र्तगतको पाइप स्टोरकालागि बिन्दवासीनी लगिदै थियो । प्रदेश साँसद कुर्मीका स्वकीय सचिव केदार गुप्ताको घरमा स्टोर गर्नकालागि पाइप गिदै थियो । एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धनका वडाअध्यक्षका उम्मेदवार सन्तोष तिवारीले पाइप आफनो नभएको प्रष्ट पार्नु भयो । उहाँले निर्वाचन आचार संहिता लागेको बारेमा आफू जानकार भएको बताउदै प्रदेस सभाका सदस्य रमेश कुर्मीको पूर्व स्वीकृत कार्यक्रम अन्र्तगतको चापाकलकोलागि पाइप आएको र त्यसलाई घरमा राख्न खोजिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको आफूले पनि थाहा पाएको बताउनु भयो । आचारसंहिता विपरित धारा र पाइप वितरण गर्न लागेको जिल्ला निर्वाचन कार्यालयको सूचनाको आधारमा धारा पाइपसहितको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिनु भयो । यो आयोगको आग्रहमा ल्याइएको हो उहाँले भन्नु भयो यसमा थप अनुसन्धान हुने भन्दा पनि आयोगको निर्देशनको पालना गरिने छ । संचार माध्यममा नेकपा एमालेका तर्फबाट महानगरका उम्मेदवार बिजय कुमार सरावगी र लोसपका वडाध्यक्षका उम्मेदवार सन्तोष तिवारीलाई बदनाम गराउने गरि समाचार आएकोमा नेकपा एमालेका नेता अरविन्द कुमार सिंहले चिन्ता ब्यक्त गर्नु भएको छ । उहाँले आफनो पार्टीको उम्मेदवारलाई बदनाम गर्न नियोजीत रुपमा काम गरिएको भन्दै त्यस्ता भ्रमपूर्ण खवरमा सत्यता नरहेकोले महानगरवासीलाई भ्रममा नपर्न अपिल गर्नुृ भएको छ । नेता सिंहले हुदै नभएको कुरालाई बङ्र्र्रग्याएर प्रस्तुत गर्दैमा सत्य नुहने भन्दै महानगरवासीको बिवेकलाई कमजोर नठान्न समेत सम्बन्धीत पक्षलाई चेतावनी दिनु भएको छ । यता निर्वाचन आचार संहिता अनुगमन संमितिका संयोजक तथा मुख्य निर्वाचन आयुक्त धर्मराज पौडेलले चापाकल निर्वाचन चिन्ह भएका कारण प्रदेश सभाका सदस्यको सुबिधामा झिकाइएको पाइप बितरण नगर्नकालागि मात्र प्रहरीलाई नियन्त्रणमा लिन भनिएको जानकारी दिनु भयो । चापाकल चुनाव चिन्ह छ यस्तोमा चापाकालकोलागि पाइप बितरण नहोस भन्ने कुरमा आयोगले ध्यान दिएको उहाँले बताउनु भयो । यो कारवाही प्रयोजन भन्दा पनि आचार संहितको पालनाकालागि अरुले पनि प्रश्न उठाउन नपाउन भनेर प्रहरीलाई ल्याउन भनिएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्